Logo1

माछापुच्छ्रे गाउँपालिका

गण्डकी प्रदेश, कास्की

Logo2 nepaliflag
Contact no: 9856017310 Email: mpgaupalika@gmail.com info@machhapuchhremun.gov.np
वडा कार्यालय जानकारी : ठेगाना: माछापुच्छ्रे गाउँपालिका वडा नं. ७, धम्पुस, कास्की इमेल : ward7.mpgapa@gmail.com

वडा सेवाहरू (Ward Services)

क्र.सं. सेवा आवश्यक कागजातहरू सेवा शुल्क लाग्ने समय शाखा गुनासो अधिकारी
1 जन्म दर्ता
  • 1. बाबु वा आमाको नागरिकताको प्रतिलिपि
  • 2. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाको जन्म प्रमाण पत्रको प्रतिलिपि
  • 3. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
  • 4. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्न पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउन पर्ने
  • 5. सूचकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • 6. विदेशी भएमा बुबाआमाको राहदानीको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा वसोवास रहेको प्रमाण
आर्थिक ऐन अनुसार रित पूर्वक कागजात पूरा भएमा तुरुन्तै वडा कार्यालय वडा अध्यक्ष / वडा सचिव
2 विवाह दर्ता
  • सूचक श्रीमान श्रीमती स्वयं उपस्थित भई सूचना फारम भर्ने
  • श्रीमान श्रीमतीको सक्‍कल नागरिकता
  • नागरिकता नभएमा जन्मदर्ताको सक्कल प्रति
  • श्रीमान श्रीमती दुवैको बाबुआमाको नागरिकताको प्रमाणपत्र
  • श्रीमान श्रीमती दुवैजनाको हालसालै खिचेको अटो साइजको दुई/दुई प्रति फोटो
आर्थिक ऐन अनुसार रित पूर्वक कागजात पूरा भएमा तुरुन्तै वडा कार्यालय वडा अध्यक्ष / वडा सचिव
3 बसाईसराइ दर्ता
  • सूचकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • बसाईसराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति
  • बसाईसराई जानेको हकमा परिवारका सबै सदस्यहरुको अनलाइनमा सूचना फारम भरेको टोकन नं.
  • बसाई सरी जानेहरुको नागरिकताको प्रमाण पत्र/ जन्म दर्ता/विवाह दर्ता/ मृत्यु दर्ताको प्रमाण (सबै घटना दर्ताको प्रमाण पत्र)
  • बसाई सरी जानेको हकमा पारिवारको विवरण सहित छ महिना भन्दा बढि बसेको सम्बन्धित वडाको सिफारस पत्र
  • बसाई सरी आएको प्रमाण पत्र सक्कलै र सूचकको नागरिकताको प्रमाणपत्र
कार्यपालिकाको आर्थिक ऐन अनुसार रित पूर्वक कागजात पूरा भएमा तुरुन्तै र सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष / वडा सचिव
4 सम्बन्ध विच्छेद दर्ता
  • निवेदनको अनुसूची फारम
  • सूचकको नागरिकताको सक्कल प्रति
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसालाको प्रतिलिपि
रित पूर्वक कागजात पूरा भएमा तुरुन्तै र सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा ३ दिन भित्र कार्यपालिकाको आर्थिक ऐन अनुसार वडा कार्यालय वडा अध्यक्ष / वडा सचिव
5 मृत्यु दर्ता
  • 1. निवेदनको अनुसूचि फारम
  • 2. मृतकको नागरिकताको प्रतिलिपि
  • मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का
  • निवेदकको नागरिकताको प्रतिलिपि
  • मृतकसँगको सम्बन्ध देखिने प्रमाण पत्र
  • अस्पतालमा मृत्यु भएको भए मृत घोषणा प्रमाण पत्र अस्पतालको मृत घोषणा प्रमाण पत्र नभएमा स्थानीय सर्जमिन मुचुल्का
आर्थिक ऐन अनुसार रित पूर्वक कागजात पूरा भएमा तुरुन्तै र सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष / वडा सचिव
6 जन्म/मृत्यु/विवाह प्रमाणित
  • निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सरी आएको भए सोको प्रमाणपत्र
  • चालु आ.व. को मालपोत र सम्मतिकर तिरेको रसिद
आर्थिक ऐन अनुसार रित पूर्वक कागजात पूरा भएमा तुरुन्तै वडा कार्यालय वडा अध्यक्ष / वडा सचिव
7 अविवाहित प्रमाणित
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
  • चालु आ.व. को सम्पत्ति कर तिरेको रसिद
  • विदेशमा रहेको हकमा विदेश स्थित नेपाली नियोगबाट आएको सिफारिस
आर्थिक ऐन अनुसार रित पूर्वक कागजात पूरा भएमा तुरुन्तै वडा कार्यालय वडा अध्यक्ष / वडा सचिव
जनप्रतिनिधिहरू
वडा कर्मचारीहरू